Hamro Patra
मुख्यमन्त्री शाहले आज शपथ लिने 

धनगढी, साउन २१
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज शपथ लिँदै छन । उनले आज अपराह्न साढे तीन बजे शपथ ग्रहण गर्ने नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १ का सभापति प्रकाश शाहले जानकारी दिएका छन । 

दोस्रोपटक मुख्यमन्त्री बनेका शाहले आजै मन्त्रिपरिषद्लाई पनि पूर्णता दिने तयारी गरेका छन । मन्त्रीहरूलाई पनि मुख्यमन्त्रीसँगै शपथ गराउने तयारी छ ।

Khadga Memorial And Janajagriti

सात सदस्यीय मन्त्रिपरिषदमा कांग्रेसलाई मुख्यमन्त्रीसहित तीन, एमालेलाई ३ र नागरिक उन्मुक्ति पार्टीलाई एउटा मन्त्रालय दिनेगरी भागवण्डा टुंगिएको छ । काँग्रेस र एमालेबाट केही राज्यमन्त्री थपिन सक्ने स्रोतको भनाई छ । 

आइतबार बिहान नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका हुन । शाह दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी पहिलोपटक २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका थिए भने २०८० चैत २२ मा राजनीतिक समीकरण फेरिएपछि राजीनामा दिएका थिए ।
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update