Hamro Patra
राष्ट्रिय युवा संघ कैलालीको कार्यक्रममा ६५ पिन्ट रगत संकलन 

टीकापुर, साउन १९
नेकपा एमालेको युवा संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ पिन्ट रगत संकलन भएको छ । टीकापुरमा आयोजित कार्यक्रममा रगत संकलन भएको हो । 

राष्ट्रिय युवा संघ नेपालले देशभर साउन १५ गतेदेखी रक्तदान कार्यक्रमको आयोजना गर्दैै आएको छ । सोही अन्र्तगत राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कैलालीले शनिवार टीकापुरमा कार्यक्रमको आयोजना गरेको हो । 

सोही कार्यक्रम अन्र्तगत टीकापुरमा नेकपा एमाले टीकापुर नगर कमिटीको पार्टी कार्यालयम रक्तदान कार्यक्रमको आयोजना भएको थियो ।

Khadga Memorial And Janajagriti

रक्तदान कार्यक्रम सुरु हुनु भन्दा अघि आयोजित औपचारिक कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल कैलालीका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अथिति राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिव विनय शाह रहेका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले देशैभर देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको बताए । उनले रगत अभावका कारण कुनैपनि बिरामीले ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिन युवा संघ लागिपरेको बताए । उनले यस्ता कार्यक्रम देशैभर सञ्चालन हुने जानकारी दिए ।

कार्यक्रममा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी समस्य तपेन्द्र रावल, कमला शाही लगायत राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इञ्जार्ज उमेश तुलाचन लगायतको उपस्थिति रहेको थियो । 

रक्तदान कार्यक्रमा राष्ट्रिय युवा संघ नेपाल कैलालीमा आवद्ध नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । 

कार्यक्रमका अध्यक्ष राष्ट्रिय युवा संघ नेपाल कैलालीका अध्यक्ष थापाले रक्तदान कार्यक्रममा सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका छन । उनले टीकापुर नगरपालिकाले बिरामीका लागि रगत निशुल्क गरेको प्रति आभार व्यक्त गर्दै यस्तो सुविधा निरन्तर हुनुपर्ने बताए ।

टीकापुर नगरपालिकाले २०७५ सालदेखी टीकापुर नगरपालिकामा बसोबास गर्ने नागरिकहरुका लागि निशुल्क रगत उपलब्ध गराउँदै आएको छ । यो कार्यक्रम तत्कालिन नगर प्रमुख तपेन्द्र रावलको नेतृत्वमा सुरु भएको थियो । 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update