Hamro Patra
सोडारीले प्रदेश प्रमुखलाई बुझाए राजिनामा, काँगेस एमालेलाई बाटो खुल्ला

धनगढी, साउन १८
संसदमा सम्बोधनका क्रममा मार्ग प्रशस्त गर्ने भनेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाएका छन ।

प्रदेश सभामा अल्पमतमा परेका सोडारीले शुक्रबार विश्वासको मत लिने घोषणा गरेका थिए । तर, उनले विश्वासको मत नलिई राजीनामाको घोषणा गरेका थिए ।

Khadga Memorial And Janajagriti

नेपाली कांग्रेससँग सहमतिपश्चात असार २० गते नेकपा एमालेले सोडारी सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । त्यसपछि संविधानअनुसार पाउने ३० दिनको सुबिधा उपभोग गरेर सोडारीले शुक्रबार राजीनामा गरेका हुन ।

योसँगै प्रदेशमा नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेस र नेकपा एमालेलाई बाटो खुलेको छ । यहाँ कांग्रेसको नेतृत्वमा सरकार बनाउने कांग्रेस–एमालेको सहमति छ ।

५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११, नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १/१ सांसद छन ।

कांग्रेस–एमालेलाई सरकार बनाउन पर्याप्त बहुमत छ । यस्तोमा नागरिक उन्मुक्तिको पनि समर्थन हुने तय छ ।

कांग्रेसबाट नयाँ सरकारको नेतृत्वका लागि भने रस्साकस्सी चलिरहेको छ । मुख्यमन्त्रीमा पूर्वमुख्यमन्त्री एवं संसदीय दलका नेता कमलबहादुर शाह, पूर्व भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवा, कांग्रेसका पुराना नेता बहादुरसिंह थापाबीच हानथाप छ । उनीहरूसँगै दिवानसिँह विष्ट पनि मुख्यमन्त्रीको दौडमा छन ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update