Hamro Patra
बाजुराका युवायुवती काठमाण्डौंको होटलमा मृत भेटिए

काठमाडौं, साउन १८
बाजुराका युवायुवती काठमाडौंको सिनामंगलस्थित एक गेस्ट हाउसको कोठाभित्र मृत फेला परेका छन । 

काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीका अनुसार झर्ना गेस्ट हाउसमा बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ४ का २३ वर्षीय भरत बहादुर सार्की र अन्दाजी २० वर्षीया करिश्मा सार्की मृत भेटिएका छन । 

Khadga Memorial And Janajagriti

मृतक मध्ये करिश्मा घाँटी काटिएको अवस्थामा र भरत सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । उनीहरु यही साउन १५ देखि उक्त गेस्ट हाउसमा बस्दै आएका थिए ।

शुक्रबार दिउँसोसम्म खाना खान नउठेपछि बन्द कोठा खोल्न प्रहरी पुगेको थियो । प्रहरीका अनुसार भरत र करिश्मा हाडनाता सम्बन्धका हुन । भरत भारतमा काम गर्दै आएका थिए भने करिश्मा गाउँमा बसेर पढ्दै आएकी थिइन ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update