Hamro Patra
मुख्यमन्त्री सोडारीले राजिनामा दिए 

धनगढी, साउन १८
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजीनामा दिएका छन् । उनले संसदलाई सम्बोधन गर्दै राजिनामा दिएका हुन । 

उनी नेकपा एमालेले २० असारमा विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा परेका थिए । 

Khadga Memorial And Janajagriti

संसदमा मार्ग प्रशस्त गरेको घोषणा गरेर मुख्यमन्त्री सोडारी राजीनामा पत्र बुझाउन प्रदेश प्रमुख कार्यालय पुगेका छन । 

उनले संसदमा बोल्दै सुदूरपश्चिमबासीका साझा सवालमा साथमा रहने बताए । उनले राष्ट्रिय राजनीतिको कोर्ष फेरबदलले प्रदेशमा असर परेको भन्दै यसमा आफूहरु कसैको दोष नरहेको बताए । 

उनले राष्ट्रिय राजनीतिमा भएको गठबन्धन समेत धेरै समय नटिक्ने संकेत देखिन थालेको बताए । उनले यो गठबन्धन लामो समय टिकेर मुलुक र जनताका समस्या हल हुनेमा आशावादी रहेको बताए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update