Hamro Patra
कक्षा १२ मा पौने दुई लाख बढी ननग्रेडेड

काठमाण्डौं, साउन १८
राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको कक्षा १२ परीक्षाफल अनुसार १ लाख ८७ हजार विद्यार्थी ननग्रेडेड (एनजी) भएका छन । 

परीक्षामा सहभागी भएका नियमिततर्फका ३ लाख ९० हजार ८ सय ६८ परीक्षार्थीमध्ये २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी अर्थात् ५२.९१ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन ।

Khadga Memorial And Janajagriti

शुक्रबार सार्वजनिक भएको नतिजामा सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थी छन्। उक्त जीपएमा पास हुनेको संख्या ७८ हजार ७५ रहेको परीक्षा बोर्डले जनाएको छ ।

त्यस्तै, २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ६१ हजार ३६ रहेको छ भने ३.२१ देखि ३.६० जीपीए प्राप्त गरेर ४६ हजार ८ सय ९३ जना विद्यार्थी उत्तीर्ण भएका छन ।

सबैभन्दा माथिल्लो ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ५ सय ९१ रहेको परीक्षा बोर्डले जनाएको छ । 

गत वैशाख १४ गतेबाट सञ्चालित २०८० सालको कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए ।

नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन । त्यसैगरी ग्रेडवृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी भएका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update