महिला मार्ने हिंस्रक बाघ समातियो
महेन्द्रनगर, साउन १८
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर २ की २६ वर्षीया हीरा शाहलाई मारेर उखुबारीमा पसेको हिंस्रक बाघलाई शुक्रबार नियन्त्रणमा लिएको छ ।
बिहीबार अपराह्न ४ बजेदेखि प्रयास गरिरहेको प्राविधिक टोली शुक्रबार बिहान बेहोस हुने सुई लगाएर बाघ समात्न सफल भएको हो ।
बेहोस गर्ने सुई लगाएर बाघ नियन्त्रणमा लिइएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए । यसअघि बाघलाई ड्रोनबाट हेरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ १०:२९
प्रतिक्रिया दिनुहोस्