Hamro Patra
विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी

धनगढी, साउन १८
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन ।

यही असार २० गते अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने भएका हुन । यसका लागि बुधबार उनले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउदै विश्वासको मत लिने जानकारी गराएका छन । 
सुदूरपश्चिम प्रदेश सभा सचिवालयले आज (शुक्रबार) ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेश सभा सदस्यहरुलाई सूचना पठाइसकेको छ ।

Tikapur Hospital

शुक्रवार ४ बजे विश्वासको मतका लागि संसद बैठक बस्ने सूचना भइसकेको सभामुख भण्डारीले बताए । असार २० गते नेकपा एमालेले सोडारी सरकारको समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए । उनले विश्वासको मत लिने आज अन्तिम दिन हो । 

सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा मुख्यमन्त्री भएका थिए । तर केन्द्रमा नयाँ गठबन्धन बनेसँगै एमालेले समर्थन फिर्ता लिएको थियो भने आफुना तीन जना मन्त्रीहरु पनि फिर्ता बोलाएको थियो ।

उनले विश्वासको मत पाउने सम्भावना न्यून छ । काँग्रेस र एमालेले मिलेर सरकार गठन गर्ने सम्भावना छ । सरकारको नेतृत्व काँग्रेसले गर्नेछ । कसले नेतृत्व गर्ने भन्ने बारेमा भने अझै टुंगो लाग्न सकेको छैन । 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update