Hamro Patra
सत्तीमा बृहत स्वास्थ्य शिविर सम्पन्न, साढे सात सयले लिए सेवा

टीकापुर, पुस १९
टीकापुर नगरपालिका वडा नं. ७ को कार्यालयको आयोजनामा आज सत्तीमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा करिव साढे सात सय स्थानीयले सेवा लिएका छन ।

शिविरमा नेपाल चिकित्सक संघ नेपालगञ्जका १७ जना चिकित्सकहरुले सेवा दिएका छन । संघका अध्यक्ष वरिष्ट सर्जन डा. विनोद कर्णले जनरल फिजिसियन, जनरल सर्जरी, न्यूरो सर्जरी, नाक, कान, घाँटी, हाडजोर्नी, दन्तरोग, बालरोग लगायतका सेवा प्रदान गरेको बताए ।

Khadga Memorial And Janajagriti

शिविरमा आएका बिरामीलाई निशुल्क स्वास्थ्य जाँचका साथै औषधी समेत निशुल्क प्रदान गरिएको थियो ।

शिविरमा सुगर, प्रेसर, जोर्नी दुख्ने, दम, पेट दुख्ने, मुटुका बिरामी धेरै आएको शिविरका संयोजक जनरल फिजिसियन डा. मधु अर्यालले जानकारी दिए । उनले लामो समयदेखी रोग पालेर बसेका बिरामीहरु समेत शिविरमा स्वास्थ्य जाँचका लागि आएको बताए ।

संघले हरेक वर्ष छुट्टाछुट्टै ठाउँमा बृहत स्वास्थ्य शिविरको आयोजना गर्ने गरेको छ । उसले स–साना स्वास्थ्य शिविर समेत बेला बेलामा गर्दै आएको अध्यक्ष डा. कर्णले जानकारी दिए ।

घरआँगनमै विशेषज्ञ चिकित्सकको सेवा पाएकोमा स्थानीयले खुशी व्यक्त गरेका छन । उनीहरुले बेला बेलामा यस्ता स्वास्थ्य शिविरको आयोजना हुनुपर्ने बताए ।

 

प्रकाशित मिति: शनिबार, पुस १९, २०७६  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update