Hamro Patra
करण परियारको पहिलो वैदेशिक यात्रा 

काठमाण्डौं, साउन १७
नेपाल आईडल सिजन ५ का विजेता करण परियार पहिलो पटक आफ्नो प्रस्तुतीका लागि वैदेशिक यात्रामा जाने भएका छन । उनी आगामी अगष्ट ३ र ४ तारिखमा  यूएईको राजधानी अबुधाबी र दुबईमा आयोजना हुने नेपाल आईडल विथ स्टेन्डअप कमेडीमा जान लागेका हुन । 

कार्यक्रममा करणसहित फस्ट रनरअप सलोनी गुरुङ, सेकेन्ड रनरअप सचिन विश्वकर्मा सहित कमेडियनद्वय सुमन कोइराला (दले दाइ) र सजन श्रेष्ठले प्रस्तुति दिनेछन ।

Khadga Memorial And Janajagriti

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) र द अरनिको ईन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको यो कार्यक्रम नेपाल आईडल सिजन ५ का विजेता र उपविजेताहरुको पहिलो अन्तराष्ट्रिय कार्यक्रम हो । उक्त कार्यक्रमलाई नेपालतर्फबाट दामी मिडियाले संयोजन गरेको छ । 

नेपाल आइडलको अन्तर्राष्ट्रिय टुरको म्यानेजमेन्ट गरिरहेको दामी मिडियाले अन्य देशहरूमा पनि कार्यक्रमको तयारी गरिरहेको सिइओ सुदिप पोख्रेलले जानकारी दिएका छन ।
 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update