टीकापुर, साउन १५
सात वटा प्रदेश मध्ये तीनवटामा सुदूरपश्चिमबासी प्रदेश प्रमुख भएका छन । सरकारले हालै तीनवटा प्रदेश प्रमुख हेरफेर गर्दा दुईजना सुदूरपश्चिमका परेका छन ।
कञ्चनपुरका यज्ञराज जोशी कर्णाली र कैलालीका दीपक देवकोटा बागमतीको प्रदेश प्रमुख भएका छन । गण्डकीको प्रदेश प्रमुखमा कैलालीका डिल्लीराज भट्ट यसअघिकै गठबन्धनमा प्रदेश प्रमुख भैसकेका थिए ।
यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियारलाई प्रदेश प्रमुख बनाएको थियो । अब उनीहरूलाई बिदाइ गरेर कांग्रेस–एमाले गठबन्धनबाट नयाँलाई अवसर दिइएको हो । लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर प्रदेश प्रमुख भएका छन ।
पछिल्लो पटक प्रदेश प्रमुख भएका कञ्चनपुरका जोशी नेपाली काँग्रेसका केन्द्रिय सदस्य हुन भने देवकोटा नेकपा एमालेको बुद्धिजीवी परिषद सदस्य हुन ।