Hamro Patra
धनगढी उपमहानगरले विवादित चर्च भत्कायो

धनगढी, साउन १५
धनगढी उपमहानगरपालिकाले विवादित चर्चमा डोजर चलाएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा अस्पताल भन्दै चर्च चलाउने लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निर्माण गरेका भवनमा उपमहानगरपालिकाले डोजर चलाइएको हो ।

उपमहानगरले अवैध रुपमा निर्माण गरेका संरचनाहरुमा मंगलबार डोजर चलाएर भत्काएको छ । मापदण्ड विपरीत बनाइएको संरचना भत्काएको उपमहानगरपालिकाले जनाएको छ ।

Tikapur Hospital

त्यस्तै सोमवार ७ नम्बर वडा कार्यालयले लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेजी गरेको थियो । लेट मेइन धनगढी प्रालिले २०८० साउन २२ गते वडा कार्यालयमा सिपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजन राखी वडा कार्यालयमा व्यवसाय दर्ता गराएको थियो ।

त्यस्तै, नेपाल लाइफ वर्ड मिसनले २०८१ बैशाख १६ गते सेमिनार, तालिम आदि सञ्चालन गर्ने प्रयोजनका लागि वडामा व्यवसाय दर्ता गराएको थियो ।
तर सो जग्गामा दुई करोडको लागतमा दुई तले चर्च निर्माण गरिएको पाइएपछि दर्ता खारेज गरिएको हो । यसअघि सो कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ नियन्त्रणमा लिइसकेको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update