Hamro Patra
पहिरोमा परेर ४५ को मृत्यु
CMA Staff

एजेन्सी, साउन १५
भारतको केरलको वायनाड जिल्लामा मंगलबार गएको पहिरोमा परी एक नेपालीसहित ४५ जनाको मृत्यु भएको छ । ५० जनालाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । अझै सयौँ मानिस पहिरोमा फसेको अनुमान गरिएको छ ।

पहिरोमा परेर मृत्यु भएकामध्ये एक नेपाली शिशु रहेको जनाइएको छ । उनी स्थानीय नेपाली परिवारका बच्चा हुन् । पहिरोले स्थानीय मुन्दाकयी, चुरालमाला, अटामाला र नूलपूजा समेत चार गाउँलाई क्षति पु¥याएको छ । 

केरलका मुख्यमन्त्री पिनरायी विजयनले एयर फोर्सको हेलिकोप्टर प्रयोग गरेर पीडितलाई एयरलिफ्ट गरिएको जनाएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update