नेप्से उकालो लाग्यो, सकारात्मक सर्किट
काठमाण्डौं, साउन १३
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बजार खुलेको १ मिनेटमा पोजेटिभ सर्किट लागेको छ ।
शुक्रबार मौद्रिक नीति सार्वजनिक भएसँगै आज आइतबार कारोबारको पहिलो दिन सर्किट लागेको हो ।
नेप्सेमा ३.९९ प्रतिशतले सकारात्मक सर्किट लागेको हो । सर्किट लाग्दासम्ममा नेप्सेमा १०२.६८ अंकले बढेको छ ।
२७ करोड २० लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा ५ लाख ५६ हजार ६५९३ कित्ता शेयर कारोबार भएको छ ।
सर्किट ब्रेक लाग्दा २०६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ । ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
सर्किट लागेको २० मिनेट पछि फेरी बजार खुल्ने छ । पहिलो सर्किट लागेको २० मिनेटका लागि बजार बन्द रहने छ ।
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१ ११:३६
प्रतिक्रिया दिनुहोस्