Hamro Patra
एसिसी महिला क्रिकेटमा भारत र श्रीलंका भिड्दै

एजेन्सी, साउन १३
एसिसी एसिया कप महिला क्रिकेट अन्तर्गत आज उपाधिका लागि भारत र श्रीलङ्काबीच भिडन्त हुँदैछ । श्रीलङ्कामा जारी सन् २०२४ को एसिया कपको फाइनल खेल दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ ।

रनगिरी डम्बुला इन्टरनेशन स्टेडियममा हुने आजको खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छ ।

Khadga Memorial And Janajagriti

हरमनप्रित कौरको कप्तानीमा रहेको साविक विजेता भारतीय टीम ८ औँ पटक उपाधि उचाल्न चाहन्छ भने श्रीलङ्का पहिलोपटक उपाधिको खोजीमा रहने छ ।

चामरी अथपथ्थुको कप्तानीमा रहेको श्रीलङ्कन महिला टीम हालसम्म ५ पटक फाइनलमा पुगेर पनि उपाधि उचाल्न सकेको छैन । त्यसकारण आजको खेलमा भारतलाई पराजित गर्दै  श्रीलङ्कन टीम आफ्नो रनरअपको ट्याग पनि हटाउन चाहन्छ ।

आजको खेलमा भारतकी स्मृति मन्धाना, राधा यादव, दिप्ती शर्मा र शेफाली वर्मामा सबैको नजर रहने छ भने श्रीलङ्काकी कप्तान चामरी, कविशा दिलहारी, विश्मी गुनराथेमाथि सबैको विशेष नजर रहने छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update