Hamro Patra
महाकालीमा हाम फालेकी किशोरीको अवस्था अझै अज्ञात  

दार्चुला, साउन १३
शनिवार साँझ महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी युवतीको अवस्था अझै अज्ञात छ । उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुहु गाउँपालिका वडा नम्बर ४ थारा बस्ने १७ वर्षीया किशोरी धनिसा कुँवरले महाकाली नगरपालिका वडा नम्बर ४ रिङ्नेताल भन्ने ठाउँबाट नदीमा हाम फालेकी थिइन् ।
उनले साँझ करिव सवा छ बजेतिर नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर एवम् प्रवक्ता ज्ञानेन्द्र सिंहले जानकारी दिए । 

CMA Staff

प्रहरीका अनुसार उनी हाम फाल्न भनेर नदीको डिलमा पुगेको भनेर स्थानीयले खबर गरेका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो । प्रहरी र स्थानीयले उनलाई सम्झाइबुझाइ गरेका थिए । तर, नमानेपछि उनलाई समात्न एक प्रहरी नजिकै गएका थिए । त्यही बेला कुँवरले नदीमा हाम फालेकी थिइन् ।

लगत्तै खोजीकार्य सुरु गरे पनि उनी फेला नपरेकी प्रहरीले जनाएको छ । उनको घरका परिवारका सदस्यहरुसँग बुझ्दा पनि उनी हाम फाल्नुको कारण नखुलेको दार्चुला प्रहरी प्रवक्ता सिंहले जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update