Hamro Patra
लक्ष्मीनारायण सहकारीको नयाँ कार्य समिति चयन

टीकापुर, पुस १२
टीकापुर नगरपालिका–६ नारायणपुरस्थित लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ कार्य समिति निर्विरोध चयन भएको छ । शनिवार सम्पन्न ११ औं वार्षिक साधारण सभाले कपुरसिँह कडायतको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । उनी यसअघि समेत सो संस्थाको अध्यक्ष थिए ।

वार्षिक साधारण सभाले संस्थाको उपाध्यक्षमा युवराज नायक, सचिवमा ओपेन्द्र खड्का, सहसचिवमा नृप कडायत र कोषाध्यक्षमा झपर नायकलाई चयन गरेको छ ।

संस्थाको सदस्यहरुमा श्रीपाल चौधरी, टेकबहादुर खड्का, ओम भट्टराई, धनसरी कोइराला, मिठ्ठु शाही र फूलराम डगौरा चयन भएका छन ।

संस्थाको लेखा समितिको संयोजकमा जितेन्द्र बोहरा र सदस्यमा बासुदेव कोइराला चयन भएका छन । लेखा समितिको थप एक सदस्य पछि मनोनित गर्ने सहमति भएको सहसचिव कडायतले जानकारी दिए ।

संस्थाको वार्षिक साधारण सभाको एक समारोहकाबीच सुदूरपश्चिम प्रदेश सरकार प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले उद्घाटन गरेका थिए । सो अवसरमा टीकापुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष बलिराम डगौरा, साविक नारायणपुर गाविसका पूर्वअध्यक्ष फकिरसिँह कडायत, साविक धनसिँहपुर गाविसका पूर्वअध्यक्ष जंगबहादुर कडायत लगायतको उपस्थिति रहेको थियो ।

संस्थाले वार्षिक साधारण सभाको अवसरमा किसानको हकहितका क्षेत्रमा लामो समयदेखी कार्य गरेको भन्दै रानी जमरा कुलरीया मूल कुला समितिका अध्यक्ष कुमारराज शाहीलाई सम्मान गरेको छ । त्यस्तै संस्थाले उत्कृष्ठ बचतकर्ताका रुपमा प्रिन्सल्याण्ड बोर्डिङ स्कुललाई प्रशंसापत्र प्रदान गरेको छ । साधारण सभामा विभिन्न व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update