टीकापुर, साउन १३
सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको गैरराजनीतिक तथा सामाजिक संस्था दारी ग्याङ टीकापुरमा पनि बिस्तार भएको छ ।
दारी ग्याङ सुदूरपश्चिम प्रदेश संयोजक दिनेश बोहराको अध्यक्षतामा सम्पन्न भएको भेलाको प्रमुख अतिथि इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारी रहेका थिए ।
टीकापुरमा सम्पन्न भेलाले दारी ग्याङ टीकापुरको संयोजकमा प्रदिप रावललाई सर्वसम्मत चयन गरेको छ भने उप संयोजकमा राज जैसिलाई चयन गरेको छ ।
त्यस्तै दारी ग्याङ टीकापुरको कोषाध्यक्षमा सरोज चपाई र सचिवमा बिजयराज जोशी चयन भएका छन ।
दारी ग्याङ टीकापुरले समाज रुपान्तरण तथा स्थानीय स्तरमा रहेका विभिन्न क्षेत्रमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने बताईएको छ । बिशेष गरी टीकापुरमा युवा लक्षित कार्यक्रम गर्ने, साथै टीकापुरका पर्यटकीय स्थलको संरक्षण, प्रचार प्रसार गर्ने, रक्तदान कार्यक्रमको आयोजना गर्ने एवं सचेतना प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्ने जानकारी दिईएको छ ।
यस्तै प्राकृतिक विपतमा परेकालाई भौतिक, आर्थिक सहयोग गर्दै जाने र समान उद्देश्य बोकेका संस्थाहरुसंग सहकार्य गर्ने समूहका संयोजक रावलले बताए । समाजका विकृतिका विरुद्ध अभियान चलाउने, नजिकको क्षेत्र लम्किमा पनि दारी ग्याङले काम गर्ने र यसको लागि योजना बनाइरहेको उनले बताए ।
सन् २०१६ मा सामाजिक संजालका माध्यमबाट सुरु भएको दारी ग्याङ नेपालका ४५ भन्दा बढि क्षेत्रमा बिस्तार भएको र सुदूरपश्चिमका नौ वटै जिल्लामा दारी ग्याङ सक्रिय गर्ने गरि योजना अघि बढाईएको सुदूरपश्चिम प्रदेश संयोजक बोहराले बताए ।