Hamro Patra
क्षतिपूर्तिमा सहमति पछि मृतकका आफन्तले शव बुझे 

धनगढी, साउन १३
धनगढीस्थित नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका नसिव चौधरीका परिवारलाई शव बुझेका छन । उनका परिवारले साढे १३ लाख क्षतिपूर्ति दिने सहमतिपछि शव बुझेका हुन । नोभा अस्पताल प्रशासन र पीडितका आफन्तबीच यस्तो सहमति भएको हो । 

प्रहरीसँगको झडपमा घाइते भएका आफन्तहरूको उपचार अस्पतालले गर्ने सहमति भएको छ । पोष्टमार्टम गरेर घरसम्म शव पु¥याउन पनि अस्पतालले सहयोग गर्ने सहमति भएको बताईएको छ । 

CMA Staff

सहमतिपछि नोभा अस्पतालको वार्डमा दुई दिनदेखि राखिएको नसिवको शव पोष्टमार्टमका लागि सेती प्रादेशीक अस्पताल लगिएको छ । मृतकका आफन्तहरूले चिकित्सकलाई कारबाही र क्षतिपूर्ति माग गर्दै शनिबार नोभा अस्पताल परिसरमा प्रदर्शन गरेका थिए । आक्रोसित पीडितका आफन्तले नोभा अस्पतालमा ढुंगामुढा गरी तोडफोडसमेत गरेका थिए ।  

अस्पताल तोडफोड हुन थालेपछि प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार थियो भने पीडित पक्षका ३ जना घाइते भएका थिए । प्रहरीको लाठी लागेर बेलौरी नगरपालिका २ का लक्ष्मण बुढाको खट्टुा भाचिएको छ भने उनका छोरा अजय बुढा पनि घाइते भएका छन । उनीहरूको धनगढीकै सारथि अस्पतालमा उपचार भइरहेको छ । 

जन्डीसको विरामी भएर साउन ८ गते धनगढीको नोभा अस्पतालमा भर्ना भएका बेलौरीका १७ वर्षका नसिव चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको थियो । मृतकका आफन्तले उपचारमा संलग्न फिजिसियन डाक्टर रामचन्द्र पौडेलले लापबाही गरेकाले उनीमाथि कारबाहीको माग गर्दै आएका थिए । 


 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update