Hamro Patra
सुनको मुल्य ह्वात्तै घट्यो

काठमाण्डौं, साउन १०
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा २४ सयले घटेको छ ।

बुधबार प्रतितोला रु एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ ।

Khadga Memorial And Janajagriti

यस्तै, बुधबार प्रतितोला रु एक लाख ४६ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु ५५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार सात सय ५० निर्धारण भएको छ ।

भारतले सुनको भन्सार दर घटाए पछि त्यहाँ सुनको भाउ घटेको छ । भारतमा सुनको भाउ घटेसँगै नेपालमा समेत त्यसको असर परेको देखिन्छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update