Hamro Patra
डेंगुको प्रभाव बढ्दै, एकैदिन १६८ बिरामी थपिए

टीकापुर, साउन १०
देशभरमा १६८ जना डेंगुको नयाँ बिरामी थपिएको छन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार चार दिन (जुलाई १८ देखि २२) को अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै देशभर १ हजार ८ सय २५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जुलाई १८ मा १ हजार ६ सय ५७ जना डेंगु बिरामी थिए ।

Khadga Memorial And Janajagriti

हालसम्म देशभर ७७ मध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङ गरी चार जिल्लामा डेंगु सङ्क्रमणबाट सुरक्षित रहेको ईडीसीडीले जनाएको छ ।

पश्चिम तराईका कैलाली र कञ्चनपुर जिल्ला समेत डेंगुको उच्च जोखिममा रहेका छन । खुला सिमा नाकाका कारण कुनै पनि बेला डेंगुले भयावह स्थिति ल्याउन सक्ने सम्भावना रहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update