Hamro Patra
एमाले काँग्रेसबीच राजदूतमा समझदारी

काठमाण्डौं, साउन १०
सत्तारुढ एमाले काँग्रेसले राजदूत नियुक्तिमा समझदारी जुटाएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको दुई सातामै सत्ता साभेदार दल समझदारी कायम गर्न सफल भएका छन । 

प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच राजदूत नियुक्तिमा  सहमति बनेको हो ।

Khadga Memorial And Janajagriti

उच्च नेतृत्व तहमा भएको सहमति अनुसार अमेरिका, चीन, बेलायत र रुसमा एमालेले राजदूत सिफारिस गर्नेछ । यी चार वटै शक्ति राष्ट्र हुन्, जहाँ पहिलो पटक र एमालेले एकै पटक आफ्नो सिफारिसमा राजदूत पठाउन लागेको हो ।

उच्च स्रोतका अनुसार भारत, जापान, अस्ट्रेलिया र मलेसियामा कांग्रेसको सिफारिसमा राजदूत नियुक्त गर्ने सहमति बनेको छ ।

एमाले र कांग्रेसबीच खाली रहेका अन्य देशमा पनि राजदूत सिफारिस गर्ने सहमति सहजै बनेको उच्च स्रोतले जनाएको छ । सहमति अनुसार एमालेभन्दा कांग्रेसले एक बढी देशमा राजदूत सिफारिस गर्नेछ । 

दुई वटा छिमेकीमध्ये एमालेले चीन र कांग्रेसले भारतमा राजदूत सिफारिस गर्ने सहमति बनेको हो । लामो समयदेखि कांग्रेस र कम्युनिस्ट पार्टीहरूबीच सत्ता सहकार्य हुँदा चीनमा कम्युनिस्ट पार्टीको सिफारिसमा राजदूत नियुक्त हुँदै आएको छ । चीनमा अहिले माओवादी केन्द्रको सिफारिसमा गएका विष्णुपुकार श्रेष्ठ राजदूत छन । नयाँ राजदूत सिफारिस हुनुअघि श्रेष्ठलाई फिर्ता बोलाउने सरकारको तयारी छ ।

त्यस्तै रुसमा एकीकृत समाजवादी पार्टीको सिफारिसमा पठाइएका मिलनराज तुलाधर अहिले राजदूत छन । हाल एकीकृत समाजवादी विपक्षमा रहेकाले राजदूत तुलाधरलाई पनि फिर्ता बोलाउने तयारी छ । सोही पार्टीको सिफारिसमा राजदूत बनाएर अस्ट्रेलिया पठाइएका कैलाश राज पोखरेललाई पनि फिर्ता बोलाइने छ । 

भारत, अमेरिका र बेलायतस्थित राजदूतहरूलाई यसअघिकै सरकारले फिर्ता बोलाइसकेको छ । यद्यपि, भारतमा डा शंकर शर्माले नै काम गरिरहेका छन ।
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update