Hamro Patra
अझै ४३ यात्रुको अवस्था अज्ञात 

चितवन, साउन १०
नारायणगढ–मुग्लिन सडकबाट असार २८ गते राति त्रिसुली नदीमा खसेका दुईवटा बसका ४३ जना यात्रुहरुको अवस्था अझै अज्ञात छ । 

सो सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा कल्भर्ट फुटाएर आएको लेदोसहितको पहिरोमा बगेर दुई बस र त्यसमा सवार चालक, यात्रु नदीमा बेपत्ता भएका थिए ।

Khadga Memorial And Janajagriti

घटनाको १२ दिन भइसक्दा पनि बुधबारसम्म दुई बससँगै ४३ यात्रु हराइरहेकै छन । दुई वटा बसमा सवार ६५ जनामध्ये तीन यात्रुले पौडिएर ज्यान जोगाएका थिए । हालसम्म फेला परेका २५ शवमध्ये १९ शवको मात्र सनाखत हुन सकेको छ । नेपाली सुरक्षाकर्मीसँगै भारतीय प्राविधिक अत्याधुनिक उपकरणसहित खोजीमा निरन्तर जुटिरहँदा पनि अपेक्षित सफलता हात लाग्न सकेको भने छैन ।

चितवन जिल्ला प्रशासनका अनुसार सडकबाट झन्डै सय मिटर तल त्रिशूलीमा खसेर हराएका बस र यात्रुको खोजीमा असार २८ को बिहान सवा ८ बजेदेखि नै नेपाली सेना र सशस्त्र प्रहरीको टोली गोताखोर र उपकरणसहित खोजीमा जुटेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update