Hamro Patra
जानकी खबर साप्ताहिक विमोचन
पत्रिकाको विमोचन गर्दै

टीकापुर, २४ चैत
जानकी गाउँपालिकाबाट जानकी खबर साप्ताहिक पत्रिका प्रकाशित भएको छ । छत्र मल्ल प्रकाशक÷सम्पादक रहेको पत्रिकाको आज जानकी गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरी र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावलले विमोचन गरेका छन ।


पत्रिकाको विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष चौधरीले पत्रकारिताले जनतामा भ्रम छर्ने खालका समाचार भन्दा पनि जनताको आवाज बोल्नुपर्ने बताए । उनले पत्रकारिताको विकासमा प्रतिवद्ध रहेको बताए ।

Khadga Memorial And Janajagriti


सोही अवसरमा विशिष्ट अतिथि रहेका महासचिव रावलले पत्रकार र पत्रिका प्रति आम जनताको विश्वास गु्म्दै गएको बताए । उनले जनताको विश्वास जित्ने गरी सत्य र निष्पक्ष पत्रकारिता आजको आवश्यकता भएको औल्याए ।
विमोचन कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटा र सदस्य भीम विकले समेत बोलेका थिए । कार्यक्रममा पत्रिकाका कार्यकारी सम्पादक गीता चौधरीले स्वागत गरेकी थिईन ।


हरेक साताको आइतवार प्रकाशित हुने पत्रिकाले गाउँवस्तीका खबरलाई प्राथमिकतामा राख्ने प्रकाशक/सम्पादक छत्र मल्लले बताए ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०७५  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update