Hamro Patra
पुष्पलालको स्मृतिमा एमालेको वृक्षारोपण

टीकापुर, साउन ७
पुष्पलाल श्रेष्ठको ४६औं स्मृतिमा दिवसमा नेकपा एमाले टीकापुर नगर कमिटीले वृक्षारोपण गरेको छ । पार्टीका संस्थापक नेता श्रेष्ठको स्मृतिमा टीकापुर नगरपालिका वडा नं. २ स्थित खोटेना भुराखानी सामुदायिक वनमा कमिटीले वृक्षारोपण गरेको हो ।

नगर अध्यक्ष लक्ष्मण थापाले दिएको जानकारी अनुसार पार्टीका नेता तथा कार्यकर्ताहरुले वनमा ५ शय बढी विभिन्न विरुवाहरु रोपेका हुन् । वृक्षारोपण कार्यक्रममा बोल्दै नगर अध्यक्ष थापाले जलवायु परिवर्तनका असरबाट बच्न वृक्षारोपण गर्न, वन जंगलको संरक्षण गर्न आवश्यक रहेको बताउँदै हरेक नागरिक जिम्मेवार बन्नुपर्ने बताए ।

CMA Staff

‘वन जंगल हाम्रो सम्पत्ति हो, यसको सुरक्षाले पर्यावरणीय संरक्षणमा मद्दत पुग्नेछ र आगामी दिनमा समेत वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिनेछौं’ अध्यक्ष थापाले भने ‘पार्टीका संस्थापक नेताप्रति सच्चा श्रद्धाञ्जली दिन समेत हामीले यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’

कार्यक्रममा पूर्व मेयर तपेन्द्र रावल, मातृका तिमिल्सेना, कमला शाही, श्याम खत्री, दानबहादुर वि.क., दीपक रावल, प्रकाश खड्का, मोति मिजार, मोहनसिंह लुहार वि.क. लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । गत वर्ष समेत नेकपा एमालेले सामुदायिक वनको खुल्ला ठाउँमा वृक्षारोपण गरेको हो ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update