Hamro Patra
रहेनन् मानव अधिकारकर्मी जोशी
CMA Staff

टीकापुर, साउन ७
मानव अधिकार तथा शान्ति समाज कैलालीका पूर्व सभापति कलमराज जोशीको ५८ वर्षको उमेरमा निधन भएको छ । विगत एक वर्षदेखि क्यान्सर रोगबाट प्रभावित जोशीको आज विहान ११ बजे काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । 

एक वर्षदेखि दिल्लीमा क्यान्सरको उपचार गराई रहेका जोशीको तीन महिनादेखि काठमाडौंमा उपचार भइरहेको थियो । पछिल्लो समय जण्डिस देखा परेपछि उपचारका लागि तीन दिनअघि भर्ना भएको जोशीको आज बिहान ११ बजे निधनको भएको उनका भाई किर्तिराज जोशीले जानकारी दिए । 

मानव अधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आएका जोशी लम्की चुहा नगरपालिका वडा ४ का स्थायी बासिन्दा हुन् भने केही वर्षदेखि उनी टीकापुरमा बसोबास गर्दै आएका थिए । दुई छोरा र श्रीमती रहेका जोशीको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा हुनेछ । 
 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update