Hamro Patra
बि.पि. स्मृतिमा नेविसंघले गर्यो स्टेशनरी हस्तान्तरण

टीकापुर, साउन ६
नेपाली काँग्रेसका संस्थापक नेता बि.पि.कोइरालाको ४२औं स्मृति दिवसमा नेपाल विद्यार्थी संघ, टीकापुर नगर समितिले स्टेशनरी प्रदान गरेको छ । 
टीकापुरस्थित सीमाविहीन स्वयम् सेवक संस्थामा सञ्चालित बालगृहका २५ जना विद्यार्थीहरुलाई नेविसंघले स्टेशनरी प्रदान गरेको हो । 

बालगृहमा रहेका बालबालिकाको सहयोग पुगोस् भन्नका लागि स्टेशनरी प्रदान गरिएको नेविसंघका केन्द्रिय सदस्य टेकेन्द्र सिंह विष्ट मानसले जानकारी दिए । 

Tikapur Hospital

नगर सभापति महेश परियारको अध्यक्षतामा भएको स्टेशनरी हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि चेतमान खत्री रहेका थिए । कार्यक्रममा महाधिवेशन प्रतिनिधि खत्रीले बालगृहमा रहेका बालबालिकालाई सबैले सक्दो सहयोग गर्न आवश्यक रहेको बताए । 

कार्यक्रममा टीकापुर बहुमुखी क्याम्पसका स्ववियु सभापति नृपजंग थापा, वीरेन्द्र विद्यामन्दिर क्याम्पसका स्ववियु सभापति नवीन अधिकारी लगायत नेविसंघका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update