Hamro Patra
टीकापुर अस्पतालको मेसुमा डा. कँडेल आउने

टीकापुर, पुस ११
टीकापुर अस्पतालको मेसुमा डा. जितेन्द्र कँडेल आउने भएका छन । उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिम प्रदेशको मातहतका स्वास्थ्य संस्थामा कामकाज गर्न पत्राचार गरेको छ ।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई मिति २०७६ पुस ११ गते चलानी नं. २९०५ को एक पत्र पठाई मातहतका स्वास्थ्य संस्थामा खटाउन भनेको छ ।

Khadga Memorial And Janajagriti

पत्रमा समायोजन पदस्थापन नभएसम्म खटिएकै निकायबाट तलब भत्ता खाने गरी मिति २०७६ पुस १० गतेको मन्त्रालय सचिवस्तरबाट निर्णय भएको व्यहोरा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले हाल डडेल्धुरा अस्पतालमा कार्यरत डा. कँडेललाई एक साता भित्र टीकापुर अस्पतालको मेसुमा खटाउने अस्पताल विकास समिति अध्यक्ष दीपक रावलले जानकारी दिए । एमडिजिपी अध्ययन गरेका डा. कँडेल मेडिकल अधिकृत आठौ तहमा कार्यरत छन ।

विगत लामो समयदेखी अस्पतालको मेसुका रुपमा कार्यरत डा. नरेन्द्रकुमार खनालले कर्मचारी समायोजनका क्रममा संघ रोजेपछि अस्पताल मेसु बिहिन बन्न पुगेको थियो । समितिको अध्यक्ष चयन भएसँगै रावलले मेसुको खोजी गरेका थिए ।

अध्यक्ष रावलले डा. कँडेलको नेतृत्वमा अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास गरे । उनले अस्पतालको स्वास्थ्य सेवाका साथै अन्य भौतिक संरचना निर्माणमा समेत पहल भैरहेको जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update