Hamro Patra
किसान सहकारीद्वारा विद्यार्थीलाई वित्तिय सहायता

दीपक ढुंगाना
लम्की, पुस ८
लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिले स्नातक तहमा अध्ययनरत विद्यार्थिहरुलाई लक्षित गरी निबन्ध लेखन प्रतियोगीतामा वित्तिय सहायता उपलब्ध गराएको छ ।

जोशीपुर गाउँपालिका–७ बौनीयास्थित रघुनाथ आदर्श बहुमुखी क्याम्पसले आप्mनो १३ औ वार्षिकोत्सवको अवसर पारेर पुस ५ गते आयोजना गरेको ‘विद्यार्थी भविष्यका लागि बचतको महत्व’ विषयक निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थीहरुलाई संस्थाले जनही क्रमशः ३ हजार, २ हजार ५ सय र २ हजार नगद प्रदान गरेको छ ।

Khadga Memorial And Janajagriti

उक्त निबन्ध लेखन प्रतियोगितामा क्याम्पसका स्नातक तहमा अध्यनरत ३० जना विद्यार्थीहरुले भाग लिएका थिए । सो प्रतियोगितामा छात्र डम्बर राज जोशी, लाल बहादुर मौनी र छात्रा जीवन कुश्मीले क्रमशः प्रथम, द्वितिय र तृतिय स्थान हासील गरेका छन् ।

विजेता विद्यार्थीहरुलाई संस्थाका महाप्रवन्धक डम्बरबहादुर शाहले एक समारोह बिच पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन ।
उक्त निबन्ध लेखन प्रतियोगीतामा सहभागी सम्पूर्ण विद्यार्थीहरुको न्यूनतम मौज्दात १ सय रहने गरी संस्थामा निशुल्क विद्यार्थी भविष्य बचत खाता खोलीदिने संस्थाले जनाएको छ ।

संस्थाले हालै आप्mना शेयर सदस्यका स्नातक तह सम्म अध्ययनरत छोराछोरीहरुलाई लक्षित गरी विद्यार्थी भविष्य बचत खाता सन्चालनमा ल्याएको हो ।

उक्त खातामा संस्थाले विद्यार्थी अथवा अभिभावकलाई एटीएम कार्ड, मोबाईल बैकिंग, जन्मदिन शुभकामना सन्देश लगायतका सुविधाहरु निशुल्क उपलब्ध गराउने भएको छ । यसका अतिरिक्त उक्त खातामा ३ लाख सम्मको निशुल्क अभिभावक दुर्घटना बिमा र विद्यार्थीका ५ जना परिवारलाई बार्षिक ५० हजार सम्मको उपचार खर्च दिईने संस्थाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update