Hamro Patra
विश्वविद्यालयले पढ्दै कमाउने वातावरण बनाउनुपर्छ ः कृषि विद्यार्थी

टीकापुर, साउन ४
कैलालीको टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायका विद्यार्थीहरुले विद्यार्थीलाई विश्वविद्यालयमा पढ्ने र कमाउने वातावरण बनाउन आग्रह गरेका छन् । 

टीकापुर जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज आयोजित कृषि क्षेत्रको जनशक्ति व्यवस्थापनका लागि अन्तरक्रिया कार्यक्रमका सहभागी विद्यार्थीहरुले सुदूरपश्चिम विश्वविद्यालयले पढ्ने र कमाउने वातावरण बनाउन आग्रह गरेका हुन् । सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाबाट कृषि विषय अध्ययन गर्न आउने अधिकांश विद्यार्थीलाई पढाईसँगै कमाउने वातावरण बनाउन सके कृषि प्राविधिकहरु नेपालमै काम गर्ने वातावरण बन्नेमा विद्यार्थीहरुले जोड दिए । 

‘झण्डै पाँच वर्ष हामी कृषि विषय अध्ययन गर्दछौं, समय र लगानी धेरै हुन्छ’ विद्यार्थी कैलाश भट्टले भने ‘सुदूरपश्चिम विश्वविद्यालयले आफ्ना विद्यार्थीहरुलाई पढ्दै कमाउने वातावरण बनाउनेतर्फ ध्यान दिनुपर्छ ।’

CMA Staff

विद्यार्थी पार्वती ओलीले कृषि संकायका विद्यार्थीलाई सैद्धान्तिक ज्ञान पढाएर व्यवहारिक ज्ञान सिक्न यहाँका किसानसम्म जोड्नुपर्ने बताइन् । ‘हामी चार वर्ष सैद्धान्तिक कुराहरु पढ्छौं तर हामीलाई प्रयोगात्मक ज्ञान सिक्ने ठाउँ छैन’ ओलीले भनिन् ‘हामीले पढेको कुरा र किसानको बारीमा गएर हेर्दा फरक हुने गरेको छ, त्यसैले हामीले प्रयोगात्मक गर्न किसानकै बारीमा जाने वातावरण स्थानीय सरकार र सरोकारवालाले मिलाउनु पर्दछ ।’

किसानलाई उद्यमशीलतातर्फ जोड्नुपर्नेमा जोड दिँदै अर्का विद्यार्थी दुर्गा बोगटीले भनिन् ‘कृषि गर्नेलाई सम्मान छैन, अनुदान वास्तविक किसानले पाउँदैन, पाए पनि प्रक्रिया निकै झण्झटिलो छ, बजारको समस्या समाधानका लागि समेत पहल हुनुपर्छ ।’

‘सबै कृषि प्राविधिकले जागिर नै पाउने अवस्था छैन, कृषिलाई उद्यमशीलतासँग जोडन् आवश्यक छ’ प्रमुख न्याउपानले भने ‘त्यसका लागि हामीले यही वर्षदेखि विश्वविद्यालय अनुदान आयोगको सहयोगमा व्यवसाय प्रबद्र्धन कार्यक्रम सञ्चालन गरेर केही प्रस्तावहरु आयोगमा पठाएका छौं, यसका लागि सबैको सहकार्य जरुरी छ ।’

अर्का विद्यार्थी सुन्दर विश्वकर्मा थापाले भने ‘यस क्षेत्रको कृषि विकासका लागि साना साना अध्ययन, अनुसन्धान गर्न आवश्यक छ, त्यसमा हामी विद्यार्थीहरुलाई अनुसन्धान रकमको जोहो गरेर प्रयोग गर्न सकिन्छ । यसले किसानका समस्या समाधान गर्न मद्दत पुग्नेछ ।’

टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ढवीन्द्र रावलले कृषि क्षेत्रको विकासका लागि सबै पक्षबिच सहकार्य हुन जरुरी रहेको बताए । ‘हामीले क्याम्पसमा इन्कुवेशन सेन्टर स्थापना गरेका छौं, यहाँबाट हामी विद्यार्थीहरुलाई उद्यमशीलता तालिम प्रदान गर्छौ, स्थानीय सरकार, उद्योग वाणिज्य संघ आदिले बिउ पुँजीको व्यवस्थापन गरे कृषि प्राविधिकको व्यवस्थापन सहज हुनेछ ।’ कृषि विषय अध्ययनरत विद्यार्थीहरुलाई छोटा विषयमा अनुसन्धान गर्न क्याम्पसले सहयोग गर्ने उनले बताए । 

कार्यक्रममा बोल्दै स्कुल अफ एग्रिकल्चर टीकापुरका प्रमुख सुशील न्याउपानेले हरेक वर्ष नेपालमा १ हजार ६ शय बढी कृषि प्राविधिकहरु उत्पादन भइरहेकाले यिनको व्यवस्थापन गर्न व्यावसायिकतामा जोड दिनुपर्ने बताए । 

‘सबै कृषि प्राविधिकले जागिर नै पाउने अवस्था छैन, कृषिलाई उद्यमशीलतासँग जोडन् आवश्यक छ’ प्रमुख न्याउपानले भने ‘त्यसका लागि हामीले यही वर्षदेखि विश्वविद्यालय अनुदान आयोगको सहयोगमा व्यवसाय प्रबद्र्धन कार्यक्रम सञ्चालन गरेर केही प्रस्तावहरु आयोगमा पठाएका छौं, यसका लागि सबैको सहकार्य जरुरी छ ।’

कार्यक्रमका संयोजक झलनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका सहायक प्राध्यापक सन्तोष उपाध्याय, पत्रकार परमानन्द पाण्डे, स्ववियु सभापति नृपजंग थापा, टीकापुर जेसिजका अध्यक्ष रुपकबहादुर विष्ट, जानकी जेसिजका संस्थापक अध्यक्ष भक्तराज देवकोटा लगायतले बोलेका थिए । 

कार्यक्रमका सहभागीलाई जेसिजका उपाध्यक्ष टेकेन्द्रसिंह विष्टले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव भरत भण्डारीले गरेका थिए । साप्ताहिक कार्यक्रम अन्तर्गत भोलि खेलकुद सागम्री वितरण गरेर समापन गरिने अध्यक्ष विष्टले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update