Hamro Patra
१५५ फिल्मले लिए निर्माण इजाजत

काठमाडौं, साउन ४
आर्थिक वर्ष २०८०–०८१ मा १५५ फिल्मले निर्माण इजाजत लिएका छन् । आर्थिक वर्षको अन्तिम महिना असारमा मात्र १७ फिल्मले निर्माण इजाजत लिएका छन् ।

असारको सुरुमा हिमाल विष्टले निर्देशन गर्ने फिल्म ‘भागदौड’ले निर्माण इजाजत लिएको छ । ७० लाख बजेट तय गरिएको यो फिल्मलाई विश्वराम विष्टले निर्माण गर्नेछन् ।

Khadga Memorial And Janajagriti

छायांकन सम्पन्न भइसकेको फिल्म ‘भाइरल गोर्खे’, युवराज गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘किसान’, सूर्यनाथ भट्टले निर्देशन गर्ने फिल्म ‘मण्डप’, निर्देशक सुवास कोइरालाले महेश त्रिपाठी र इन्दिरा सापकोटालाई कलाकारको रुपमा लिएर फिल्म ‘एक विसौली’ र निर्देशक टेकेन्द्र कार्कीले फिल्म ‘दायाँबायाँ’ निर्माणका लागि अनुमति लिएका छन् ।

शुभेच्छा थापाले आफ्नो निर्देशनमा फिल्म ‘निःशब्द’, अनिल तामाङले कलाकारमा जयकिसन बस्नेतलाई लिएर फिल्म ‘चाँडै फर्की आऊ’, शिव श्रेष्ठ र कविता नेपालीलाई कलाकारको रुपमा लिएर दीपक नेपालीले फिल्म ‘सःस’, ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले नयाँ फिल्म ‘शुक्र र शनि’ निर्देशनका लागि निर्माण इजाजत लिएका छन् ।

उत्तमकुमार संजेलले भोजपुरी फिल्म ‘प्यार के लिए’, ‘लण्डन टु पेरिस’ निर्देशन गरेका घनश्याम लामिछानेको नयाँ फिल्म ‘तैं चुप मैं चुप’ले पनि निर्माण इजाजत लिएको छ ।

हरि उदासीको निर्देशनमा ‘मल्लिका ः द लेडी किलर’को लागि निर्माण इजाजत लिएका छन् । निर्देशक जोन राईले सौगात मल्ल, प्रशान्त राई र अनिशा रसाइलीलाई कलाकारको रुपमा लिएर फिल्म ‘बमबहादुर’ निर्देशन गर्ने भएका छन् ।

राजु अर्यालले दीपेन्द्र कोइराला र हर्षिका श्रेष्ठलाई कलाकारको रुपमा लिएर फिल्म ‘तमासा’ निर्देशन गर्ने भएका छन् । शिवालय मिडिया प्रालिले नयाँ फिल्म ‘पेपर म्यारिज’को लागि निर्माण इजाजत लिएको छ ।
सुवास रेग्मी र लिना शर्मा रेग्मीले फिल्म ‘एक नगरी’को निर्माणका लागि इजाजत लिएका छन् जसलाई रोजवे रेग्मीले निर्देशन गर्ने भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update