Hamro Patra
ओलम्पिक खेलाडीलाई विदाई

काठमाडौं, साउन ४
३३ औं गृष्मकालीन पेरिस ओलम्पिक २०२४ मा सहभागी हुने खेलाडी र प्रशिक्षकलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज बिदाइ गरेका छन् । विदाइ कार्यक्रममा ओलम्पिक खेल्ने ४ खेलाडी मात्रै संलग्न थिए ।

बिदाईमा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र ब्याडमिन्टनका प्रिन्स दाहाल संलग्न रहेका थिए ।

Khadga Memorial And Janajagriti

बिदाइमा ६ खेलका ५ प्रशिक्षक उपस्थित रहेका थिए । जसमा जुडोकी देभु थापा, पौडीकी नयना शाक्य, टेबल टेनिसका राजेन्द्र कपाली, एथ्लेटिक्सका कान्ती महतो र सुटिङका प्रदिप खाती रहेका थिए । ब्याडमिन्टनका प्रिन्स दाहाल भने प्रशिक्षक बिना ओलम्पिक खेल्नेछन् ।

विदाइमा राष्ट्रपति पौडेलले खेलकुद भनेको राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताए । उनले हार र जित खेलको पाटो भएको बताउँदै ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीहरूले देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले ओलम्पिकमा नेपालको नयाँ रेकर्ड कायम गरेर फर्कनेमा आफू आशावादी रहेको बताएका हुन् ।

सोही कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ रहेका राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टङ्कलाल घिसिङलाई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरे ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update