टीकापुर, साउन ३
कैलालीको टीकापुर नगरपालिका वडा नं. ८ फाँटागाउँका एक युवक बाघको आक्रमणबाट घाइते भएका छन् । फाँटागाँउका २६ वर्षीया अरबिन चौधरी बाघको आक्रमणबाट घाइते भएका हुन ।
चौधरीलाई गएराति करिब १० बजे गाउँ नजिकै रहेको केराबारीबाट निस्केको बाघले आक्रमण गरेको स्थानीयले बताएका छन् । घाइते चौधरीको तिघ्रामा दुई टाका लगाइएको छ ।
गाउँ नजिक करिब २ शय मिटरको दुरिमा सत्ती कणर्ाली सामुदायिक वन रहेको र उक्त वनबाट साँझपख बाघमा गाउँमा पस्ने गरेको स्थानीय प्रेमलाल चौधरीले बताए ।
सोही गाउँमा केही दिन अघि स्थानीय वीरबहादुर चौधरीले पालेको करिब ३० किलोको बंगुर समेत बाघले खाईदिएको चौधरीले बताए ।
उक्त क्षेत्रमा केही दिन यता बाघले आतंक मच्चाई रहेको स्थानीय खगेन्द्र साउँदले जानकारी दिए । साउँदले गाउँमा पसेको बाघलाई धपाउन खोज्दा चौधरी घाइते भएको बताए ।