धनगढी, साउन ३
सम्बन्ध बिच्छेदका लागि पुरुषले समेत निवेदन दिन पाउने ब्यवस्था भएपछि कैलाली जिल्लामा सम्बन्ध बिच्छेदका लागि निवेदन दिने पुरुषको सख्ंया बढेको छ ।
आर्थिक वर्ष २०७९/०८० मा कैलाली जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका लागि ७ शय ३ मुद्दा दर्ता भएका छन् । जसमध्ये महिलाले ४ शय ७६ र पुरुषले २ शय २७ मुद्दा दर्ता गरेका छन् ।
यस्तै गत आर्थिक वर्षको चैत मसान्तसम्म सम्बन्धविच्छेदका थप ६ शय ३८ मुद्दा दर्ता भएका छन् । जसमा ४ शय २६ मुद्दा महिलाले दर्ता गरेका छन् भने २ शय १२ मुद्दा पुरुषले दर्ता गराएका छन् ।
आर्थिक वर्ष २०७६/०७७ देखि चालु आर्थिक वर्षको चैत मसान्तसम्म सम्बन्धविच्छेदका २ हजार ३ शय ६० मुद्दा जिल्ला अदालत कैलालीमा दर्ता भएका छन् । जसमध्ये एक हजार ६ सय ३८ मुद्दा महिलाले दर्ता गरेका छन भने ७ शय २२ मुद्दा पुरुषले दर्ता गराएका हुन् ।
सम्बन्धविच्छेद गर्न अदालत जानेमा पुरुषभन्दा महिलाको संख्या दोब्बर देखिएको छ । जिल्लामा सम्बन्ध विच्छेदको समस्या विकराल बन्दै गएको छ ।