परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूत चेन सोङ्गले गरे शिष्टाचार भेट
काठमाडौं, साउन २
नेपालका लागि चिनियाँ राजदूत चिनियाँ राजदूत चेन सोङ्गले परराष्ट्रमन्त्री डा.आरजु राणासँग शिष्टाचार भेटवार्ता गरेका छन् । चिनियाँ राजदूत चिनियाँ राजदूत सोङ्ग र परराष्ट्रमन्त्री राणाबीच बुधवार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।
शिष्टाचार भेटमा चिनियाँ राजदूत सोङ्गले परराष्ट्र मन्त्री नियुक्त हुनुभएकोमा राणालाई बधाई दिनुका साथै कार्यकालको सफलताको शुभकामना दिए । परराष्ट्र मन्त्रालयले शिष्टाचार भेटमा परराष्ट्र मन्त्री राणा र चिनियाँ राजदूत सोङ्गका बीचमा नेपाल–चीन सम्बन्ध र सहयोगका विषयमा छलफल भएको जनाएको छ ।
सोमबार परराष्ट्र मन्त्री नियुक्त भएकी डा. राणासंग शिष्टाचार भेट गर्ने चिनियाँ राजदूत सोङ्ग दोस्रो राजदूत हुन् ।
प्रकाशित मिति: बुधबार, साउन २, २०८१ १५:३०
प्रतिक्रिया दिनुहोस्