काठमाडौं, साउन १
टीकापुरबाट हस्पिटालिटी ब्यापार शुरु गरेर देशैभर विस्तारमा लागेको सिद्धार्थ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेडले प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
सिद्धार्थ गु्रपअन्तर्गतको आइपिओ जारी गर्न लागेको कम्पनी ‘सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेड अन्तर्गत बौद्धस्थित चार तारेस्तरीय सिद्धार्थ बुटिक होटल र रुपन्देहीको भैरहवास्थित पाँच तारे सिद्धार्थ भिलासा सञ्चालनमा छन् ।
मंगलबार सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणी (लक्ष्मण) न्यौपाने र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।
अध्यक्ष न्यौपानेले चालु आर्थिक वर्षमै आइपीओ निष्कासन गरिने जानकारी दिए । उनका अनुसार कुल जारी पुँजीको १० प्रतिशत शेयर सर्वसाधारणमा ल्याउन लागिएको हो ।