टीकापुर, साउन १
टीकापुर जेसिज सप्ताहको आज तेश्रो दिन, स्वास्थ्य सचेतना कार्यक्रम गरी मनाइएको छ । होटल सिद्धार्थमा आयोजित सचेतना कार्यक्रममा व्यक्तिगत स्वास्थ्यका लागि घरमै बसेर गरिने शारिरीक अभ्यासबारे छलफल गरी मनाइएको हो ।
कार्यक्रममा टीकापुर अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर रेमकुमार राईले व्यक्तिगत स्वास्थ्य सम्बन्धी जानकारी दिएका थिए । डाक्टर राईले अधिकांश रोगहरु व्यक्तिगत स्वास्थ्यमा ध्यान दिए लाग्न नपाउनेमा सचेत रहन आग्रह गरे ।
सचेतना कार्यक्रममा स्थित फिटलाइफ केयरका सञ्चालक तथा जिम प्रशिक्षक डेनियल थापाले व्यक्तिगत स्वास्थ्यका लागि घरमै बसेर गरिने शारिरीक अभ्यासबारे प्रशिक्षण दिएका हुन् ।
कार्यक्रमका संयोजक एवं टीकापुर जेसिजका यातायात संयोजक गालब विष्टको अध्यक्षतामा भएको कार्यक्रममा जेसिजका पूर्व अध्यक्ष टोपप्रकाश वि.क., नेपाल तरुण दल क्षेत्र नं. १ का अध्यक्ष कल्पेश कुँवर, टीकापुर जेसिज वर्ष २०२४ का अध्यक्ष रुपकबहादुर विष्ट लगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन महासचिव भरत भण्डारीले गरेका हुन् । सप्ताहको चौथो दिन भोलि ट्राफिक सचेतना तथा सुस्त गति मोटरसाइकल दौड कार्यक्रम हुने महासचिव भण्डारीले जानकारी दिए ।