Hamro Patra
दुई दिने पत्रकारिता अभिमूखिकरण सुरु

टीकापुर, पुस ७
जोशीपुरमा स्थानीय विकासका सवालमा पत्रकारिता सम्बन्धी अभिमूखिकरण कार्यक्रम आजदेखी सुरु भएको छ । दुई दिनसम्म चल्ने कार्यक्रमको एक समारोहका बीच जोशीपुर गाउँपालिकाका प्रवक्ता किशोरकुमार कठरियाले उद्घाटन गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथि रहेका कठरियाले पत्रकारले स्थानीय तहले गरेका कामकारवाहीको खबरदारी गर्नुपर्ने बताए । उनले स्थानीय तह जनताको चाहना अनुसार विकासका काम गर्न प्रतिवद्ध रहेको बताए ।

CMA Staff

सो समारोहमा विशिष्ट अतिथि रहेका नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावलले पत्रकारले नागरिकको आवाज बोल्नुपर्ने बताए । उनले पत्रकार सधैं सत्यका पक्षमा उभिनुपर्नेमा जोड दिँदै पत्रकारिता प्रति आम नागरिकको विश्वास बढाउन सत्यतत्य पत्रकारितामा लाग्न पत्रकारहरुलाई आग्रह गरे ।

समारोहमा अर्का विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल उपाध्यायले गाउँपालिकाले गरेका राम्रा काम जनता सामु पु¥याई दिन पत्रकारहरुलाई आग्रह गरे । उनले गाउँपालिकाले जनताका पक्षमा विकासका काम गर्दै आएको बताए ।

नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँदको अध्यक्षतामा भएको उद्घाटन समारोहमा दिनेश दहितले स्वागत र सचिव मिन ठकुरीले सञ्चालन गरेका थिए ।

दुई दिनसम्म चल्ने कार्यक्रममा सहभागीहरुलाई नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा अनुमोदन दैनिकका प्रधान सम्पादक मनमोहन स्वाँरले प्रशिक्षण दिईरहेका छन । कार्यक्रममा गाउँपालिकाका २५ जना युवाहरुको सहभागिता रहेको छ ।
नेपाल पत्रकार महासंघ कैलालीको समन्वयमा भएको कार्यक्रमलाई जोशीपुर गाउँपालिकाले आर्थिक सहयोग गरेको हो ।

प्रकाशित मिति: सोमबार, पुस ७, २०७६  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update