Hamro Patra
भोलि टीकापुरमा स्थानीय विदा
CMA Staff

टीकापुर, साउन १
टीकापुर नगरपालिकाले साउन २ गते स्थानीय विदा दिएको छ । असार ३१ गते बसेको नगर कार्यपालिकाको बैठकले कमैया मुक्त भएको दिनको सम्झनामा स्थानीय विदा दिने निर्णय गरेको हो । 

प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले आज एक सार्वजनिक सूचना जारी गर्दै नगरपालिका अन्र्तगत रहेका वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था लगायत सरोकारवाला सम्वद्ध सार्वजनिक निकायहरुमा विदा रहने जानकारी दिएका छन । 

अघिल्लो वर्ष समेत नगरपालिकाले साउन २ गते विदा दिएको थियो । कैलालीकै कैलारी गाउँपालिकाले समेत मुक्त कमैया भएको दिनको सम्झनामा विदा दिने निर्णय गरेको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update