पेट्रोलियम पदार्थको मुल्य बढ्यो
टीकापुर, साउन १
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट बढेर आएपछि नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँका दरले भाउ बढाएको हो । यससँगै नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८ रुपैयाँ ५० पैसा, दोस्रोमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ ।
त्यसैगरी, डिजेल र मट्टितेलमा प्रतिलिटर पहिलो वर्गमा १५७ रुपैयाँ ५० पैसा, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको निगमले जनाएको छ । तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्दछन् । बढेको मूल्य गएराति १२ बजेपछि लागू भएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१ ११:०३
प्रतिक्रिया दिनुहोस्