Hamro Patra
ओलीको नेतृत्वमा २२ सदस्यीय मन्त्रीमण्डल गठन 

काठमाण्डौं, असार ३१
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणसँगै २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । उनको मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीहरू रहेका छन् ।
उपप्रधानमन्त्री र मन्त्रीहरुले आजै शपथ समेत लिएका छन । 

मन्त्रिपरिषदमा कांग्रेस र एमाले सहित ४ वटा दलको प्रतिनिधित्व रहेको छ । कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपा नेपालबाट २ जना, लोसपाबाट एक जना मन्त्री बनेका छन् ।

CMA Staff

ओली नेतृत्वको मन्त्रीमण्डलमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिँह र उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल रहेका छन । 

त्यस्तै मन्त्रीहरुमा पृथ्वी सुब्बा गुरुङ सञ्चारमन्त्री, रमेश लेखक गृहमन्त्री, शरदसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा र डा. आरजु देउवा परराष्ट्रमन्त्रीका रुपमा शपथ लिएका छन । 

शपथ लिनेमा प्रदीप यादव खानेपानीमन्त्री, बलराम अधिकारी भूमि व्यवस्था मन्त्री, दामोदर भण्डारी उद्योग मन्त्री, नवलकिशोर शाह महिला तथा बालबालिकामन्त्री, देवेन्द्र दाहाल भौतिक पूर्वाधारमन्त्री, तेजुलाल चौधरी युवा तथा खेलकुदमन्त्री, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री, अजय चौरसिया कानूनमन्त्री रहेका छन । 

बद्रीप्रसाद पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, रामनाथ अधिकारीले कृषिमन्त्री, विद्या भट्टराईले शिक्षामन्त्री, मानवीर राईले रक्षामन्त्री, दिपक खड्काले उर्जा, राजकुमार गुप्ताले संघीय व्यवस्थामन्त्री र ऐनबहादुर शाही ठकुरीले बनमन्त्रीको शपथ ग्रहण गरेका छन । 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update