Hamro Patra
नोबेलको ११ औं वार्षिक साधारण सभा सम्पन्न

टीकापुर, पुस ५
टीकापुरस्थित नोबेल बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाले ३ करोड ८ लाख ३३ हजार ६५६ रुपैयाँ बराबरको आयव्यय अनुमोदन गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०७५\०७६ मा १२ लाख ५३ हजार ३४७ रुपैयाँ खुदनाफा गरेको छ ।

साधारण सभाको एक समारोहकाबीच टीकापुर नगरपालिकाका उपमेयर केशरी रावल बिष्टले उद्घाटन गरेकी थिईन । कार्यक्रमको प्रमुख अतिथि रहेकी बिष्टले विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिन ।

CMA Staff

उनले सहकारीका शेयर सदस्य मध्ये २०७५ को एसईई परिक्षामा सबैभन्दा बढी अंक हासिल गरेर उत्तीर्ण हुने जानकी गाउँपालिका–८ भगरैयाका भरत तिरुवालाई सम्मान गरिन । उनले अरुणोदय माविबाट ३ दशमलव ३ जिपिए प्राप्त गरेका थिए ।

त्यस्तै सञ्चार क्षेत्रबाट टीकापुर दैनिकका सहसम्पादक लोकेन्द्र रावल र गोचाली एफएमका प्रबन्धक बलराम चौधरीलाई समेत सहकारीले उद्घाटन समारोहमा सम्मान गरेको छ ।

सहकारीले कालिका प्राविका प्रअ प्रेम तिरुवा, हिमालय राष्टिय माविका प्रअ केशर टमट्टा, उखु कृषक सुमनबहादुर ओड, केरा कृषक कृष्ण सुनार, खेमराज विक, शंकर लुहार, स्वास्थ्यकर्मी मीनबहादुर विश्वकर्मा र केवलसिँह भूललाई समेत सम्मान गरेको छ । सम्मानित सबैलाई उपमेयर बिष्टले दोसल्ला र प्रमाण पत्र प्रदान गरिन ।

सो अवसरमा संस्थाका अध्यक्ष डा. लालसिँह टमट्टाले ६ लाख ५ हजारबाट सुरु भएको शेयर पूँजीलाई एक वर्षभित्र १ करोड पुर्याउने लक्ष्य रहेको बताए । उनले हाल सहकारीको शेयर पूँजी ६६ लाख रहेको बताए ।

संस्थाका सचिव नारायण विश्वकर्माले संस्थाको आगामी कार्यदिशाका बारेमा प्रस्तुत गरेका थिए । उद्घाटन समारोहमा विशिष्ट अतिथि नेपाली काँग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावल लगायतले बोलेका थिए ।

प्रकाशित मिति: शनिबार, पुस ५, २०७६  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update