Hamro Patra
१११ मिनेटमा गोल गर्दै अर्जेन्टिना बन्यो कोपा च्याम्पियन

काठमाडौं, असार ३१ 
कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले उचालेको छ । फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गोल गर्दै उपाधि रक्षा गरेको हो ।

निर्धारित समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको छ । अतिरिक्त समयको १११ मिनेटमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गरेका हुन् ।

Khadga Memorial And Janajagriti

अर्जेन्टिनाले उपाधि उचालेको खेलमा कप्तान लियोनल मेसीले दोस्रो हाफको ६५ मिनेटमा मैदान छोडेका थिए ।

अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियम बाहिर टिकटबिना आएका दर्शकले सम्हालि नसक्नु भएपछि फाइनल खेलको समय एक घण्टा पाँच मिनेट धकेलिएको थियो ।

अर्जेन्टिनाले अहिलेसम्म कोपा अमेरिकाको उपाधि यो सँगै १६ पटक उचालेको छ । अर्जेन्टिना साविक विजेता हो । कोलम्बिया भने पहिलो पटक उपाधि उचाल्न चुकेको छ । २८ खेलमा लगातार अपराजित कोलम्बियालाई अर्जेन्टिनाले स्तब्ध पारेको हो ।

कोलम्बिया अन्तिम पटक सन् २०२२ मा भएको विश्वकप २०२२ को छनोटमा अर्जेन्टिनासँग १-० ले पराजित भएको थियो। त्यसयताका २८ खेल सबै जितेको थियो । कोलम्बियाको अपराजित यात्रामा अर्जेन्टिना बाधक बनेको हो ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update