पहिरोमा परी एक बालकको मृत्यु
टीकापुर, असार ३०
कैलालीको पहाडी गाउँपालिका चुरेमा पहिरोमा परेर एक बालकको मृत्यु भएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार चुरे गाउँपालिका वडा नं. ६ का १३ वर्षीय सन्तोष नेपालीको पहिरोमा परी ज्यान गएको हो ।
हिजो बाख्रा चराउन गएको बेला माथिबाट खसेको पहिरोमा परी बालक नेपाली गम्भीर घाइते भएका थिए । आफन्तले धनगढीस्थित सेती प्रादेशिक अस्पताल उपचारका लागि ल्याए पनि सन्तोषको उपचारको क्रममा ज्यान गएको केन्द्रले जानकारी दिएको छ ।
पहाडी भू-भाग ओगटेको चुरे र मोहन्याल गाउँपालिकामा पहिरोको जोखिम बढी छ ।
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१ १०:०८
प्रतिक्रिया दिनुहोस्