Hamro Patra
खाल्डोमा डुबेर एक बालकको ज्यान गयो

टीकापुर, असार २९

कैलालीको टीकापुर नगरपालिका वार्ड नं १ मा खाल्डोमा नुहाउने क्रममा १० वर्षीय एक बालकको ज्यान गएको छ।

CMA Staff

साथीहरू सहित नुहाउन गएका एकतापुर शिविरका लक्ष्मण चौधरीका छोरा आर्नेल चौधरीको निर्माणाधीन शित भण्डारको खाल्डोमा नुहाउने क्रममा ज्यान गएको हो।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले दिएको जानकारी अनुसार दिउँसो ४ बजे साथीहरू सहित सित भण्डारको खाल्डोमा नुहाउन गएका डलरको उपचारका क्रममा टीकापुर अस्पतालमा ज्यान गएको हो।

खाल्डोमा नुहाउने क्रममा डुबेका उनको स्थानीयले उद्धार गरेर अस्पताल पुर्याएका थिए। उनको शव टीकापुर अस्पतालमा राखिएको छ भने पोस्टमार्टम हुन बाँकी छ।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update