काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
काठमाण्डौं, असार २९
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा नयाँ सरकार गठन, मन्त्रालय बाँडफाँड र पार्टीका तर्फबाट सरकारमा जानेहरुको नाम टुंगो लगाउने नेताहरुले बताएका छन् ।
साथै पछिल्ला राजनीतिक, समसामयिक विषयमा पनि छलफल हुने कांग्रेसका एक नेताले बताए । बैठकमा विपद् व्यवस्थापनका बारेमा छलफल हुने र सरकारलाई विपद् न्युनिकरणका लागि सरकारलाई सुझाव दिइने ती नेताले बताए ।
नेपाली कांग्रेसको भागमा गृह मन्त्रालय पर्ने भएसँगै सुशासन कायम गर्ने, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने बारेमा पनि छलफल हुने उनको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, असार २९, २०८१ १५:५४
प्रतिक्रिया दिनुहोस्