करेन्ट लागेर बालकको मृत्युः एक घाइते
टीकापुर, असार २९
कैलालीको दक्षिणी भजनी नगरपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर एक १३ वर्षीय बालकको मृत्य भएको छ ।
जिल्लाको भजनी नगरपालिका वडा नं. ३ धुसीका चन्द्रबहादुर पाण्डेका १३ वर्षीय छोरा जनार्जन पाण्डेको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ती बालकले घर नजिकै रहेको नालामा आफ्नै घरबाट विद्युतको तार लगेर माछा मार्ने क्रमामा करेन्ट लागेको थियो ।
बालकलाई करेन्ट लागेपछि उनलाई बचाउन खोज्दा सोही ठाँउ बस्ने १८ वर्षीय पारस ठगुन्नालाई समेत करेन्ट लागेर उनी घाइते भएका छन् । घाइते ठगुन्नाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, असार २९, २०८१ ११:४५
प्रतिक्रिया दिनुहोस्