Hamro Patra
वडा कार्यालयद्वारा अनलाइन सेवा सुरु

टीकापुर, पुस ३
टीकापुर नगरपालिकाले वडा कार्यालय मार्फत अनलाइन सेवा सुरु गरेको छ । आज एक कार्यक्रमबीच वडा नं. ६ ले अनलाइन सेवा सुरु गरेको छ । यो सेवा नगरपालिकाका सबै वडा कार्यालयले सञ्चालनमा ल्याउने तयारी गरेका छन ।

अनलाइलन सेवा सुरु भएपछि हातले लेख्ने झण्झट अन्त्य भएको वडाध्यक्ष बलिराम डगौरा थारुले जानकारी दिए । उनका अनुसार सेवाग्राहीलाई दिने सबै ६४ प्रकारका सिफारिस अनलाइन मार्फत भरिने छन ।

Khadga Memorial And Janajagriti

अनलाइन सेवा सुरु भएपछि सेवाग्राहीको कामकाज छिटो हुने बताईएको छ । यसअघि सेवाग्राहीले सिफारिस लिनका लागि समेत धेरै समय खर्चिनु पथ्र्यो ।

प्राविधिक दिपेश बन्जाडेले कुनैपनि सेवाग्राहीको विवरण एक पटक अनलाइनमा भरिसकेपछि त्यसपछि विवरण भर्दा नागरिकता नम्बर भए पुग्ने बताए ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update