प्रधानमन्त्रीलाई विश्वासको मत नदिन काँग्रेसको ह्विप
काठमाण्डौं, असार २७
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न पार्टीका सांसदहरूलाई ह्विप जारी गरेको छ ।
भोलि बिहान ११ बस्ने प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको प्रमुख सचेतक रमेश लेखकले बताए ।
उनले सांसदहरूलाई तटस्थ नरहन र प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको बताए ।
कांग्रेस एमाले मिलेर सरकार बनाउने सहमतिपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिँदैछन ।
दुई दलबीच आगामी सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने सहमति भएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१ १३:०४
प्रतिक्रिया दिनुहोस्