Hamro Patra
मुकुल ढकालले भने –‘रवि लामिछानेको क्लबबाट निकालिए’

काठमाण्डौं, असार २५
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री, प्रवक्ता लगायतको जिम्मेवारीबाट हटाउने निर्णयलाई डा. मुकुल ढकालले ‘रवि लामिछाने क्लबको कारबाही’ भनी टिप्पणी गरेका छन । 

आजै (मंगलबार) बिहान बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहनेगरी महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गरेको हो । 

CMA Staff

त्यसलगत्तै सामाजिक सञ्जालमार्फत ढकालले रास्वपाबाट निकालिएको नभई रवि लामिछाने क्लबबाट मात्र निकालिएको दाबी गरेका हुन ।

उनले पार्टीभित्र ‘घण्टी बज्न नरोकिने’ र राष्ट्रय स्वतन्त्र पार्टी बनाउने संकल्प जारी रहने जिकिर पनि गरेका छन ।

‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ,’ ढकालले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन। बाँकी कुरा भोलि...।’

रास्वपाको अनुशासन आयोगले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाल्न सिफारिस गरे पनि केन्द्रीय समितिले भने साधारण सदस्य कायमै रहने गरी अन्य जिम्मेवारीबाट मात्र हटाएको हो ।
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update